मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग गरे छलफल

शुक्रबार, भदौ २७ २०८२
गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग गरे छलफल

यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघले उद्यम व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरिसकेको छ।

काठमाडौं- गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एशोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका छन्।

नयाँ पुस्ताको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन्। 

यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघले उद्यम व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरिसकेको छ। बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्बाधरुपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न महासंघले आग्रह गरेको हो।


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend