मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

शुक्रबार, भदौ २७ २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्।

चितवन- कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ। बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन्। उनले भने, 'बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए।' भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुंगानाले बताए।

उनले भने, 'कतिय सम्पर्कमा हुनुहुन्छ। कारागार आउने क्रम जारी छ।' कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन्। करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend