मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

शुक्रबार, भदौ २७ २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कञ्चनपुर- कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु आदेश जारी गरिएको हो।

आदेशमा महेन्द्रनगर बजारको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र र जिल्लाको बेलौरी पुनर्वास, बेलडाँडी तथा लालझाडी गाउँपालिकाको केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रजिअ ढकालले जानकारी दिए।

उनका अनुसार साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो भने बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहने छ। अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने ढकालले बताए।

जिल्लाको शान्तिसुरक्षालाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१), ६(३) र ६(क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ। प्रशासनले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ ६ (१), ६(३) बमोजिम निषेधाज्ञा र ६(क) बमोजिम कर्फ्यु आदेश गरेको जनाएको छ।  

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, पर्यटक सवार सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, हवाई टिकटका आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend