मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

झापामा कर्फ्यु जारी नै, घरबाहिर ननिस्कन प्रशासनको आग्रह

शुक्रबार, भदौ २७ २०८२
झापामा कर्फ्यु जारी नै, घरबाहिर ननिस्कन प्रशासनको आग्रह

सो अवधिमा घरबाट बाहिर निस्कनैपर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन भनिएको छ।

झापा- प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यु जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गरेका छन्।

उनले सो अवधिमा घरबाट बाहिर निस्कनैपर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका छन्। जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्तिको लुटपाट, हत्या हिंसालगायतका घटना गरिरहेका कारण कर्फ्यु जारी राख्नुपरेको बताए। 

हाल कर्फ्युको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेका छन्। उनीहरुले आदेशको उल्लंघन गरेर सवारी साधन लिएर बाहिर निस्किएकालाई जताबाट आयो उतै फर्काइरहेका छन्। 

प्रजिअ अधिकारीले बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यु खुकुलो बनाएको बताए। साँझ ७ बजेदेखि पुनः २८ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सूचनामा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend