मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नयाँ बसपार्क क्षेत्रबाट सञ्चालन हुन थाले सवारीसाधन

शुक्रबार, भदौ २७ २०८२
नयाँ बसपार्क क्षेत्रबाट सञ्चालन हुन थाले सवारीसाधन

'जेनजी' आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।

काठमाडौं- गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्।

यही भदौ २३ र २४ गते 'जेनजी' आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।

लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पंकज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए।

यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो।

हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागतरूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend