मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिंहदरबार जलेपछि कहाँबाट सञ्चालन हुन्छ संघीय शासन?

शुक्रबार, भदौ २७ २०८२
सिंहदरबार जलेपछि कहाँबाट सञ्चालन हुन्छ संघीय शासन?

तत्काल उपलब्ध भवन तथा भवनहरूको अवस्थाको मूल्यांकन भइरहेको छ।

काठमाडौं- आन्दोलनका क्रममा सरकारको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका मुख्य भवनमा आगलागी भइसकेको छ। आगजनीले भवनहरूमा क्षति भएको छ।

यस्तो अवस्थामा अब बन्ने अन्तरिम सरकारले शासन कहाँ बसेर सञ्चालन गर्ने भन्ने अन्यौल रहेको छ।

मुख्यसचिवले सचिवहरूसँग यो विषयमा छलफल पनि गरिरहेका छन्। कहाँबाट सरकार चलाउने के गर्ने भन्ने विषयमा अहिले भवनहरूको अवस्थाको वास्तविक अवस्था पहिचान गर्ने काम भइरहेको छ।

तत्काल उपलब्ध भवन तथा भवनहरूको अवस्थाको मूल्यांकन भइरहेको छ। तर सरकार तत्काल बनिहालेपछि त्यसलाई कहाँबाट प्रशासन चलाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ।

सिंहदरबारकै केही भवनको अवस्था दुरुस्त रहेको छ। अधिकांश सरकारी भवन जलेर खरानी भइसकेका छन्। यस्तोमा अन्तरिम सरकारको आकार कस्तो बन्छ भन्ने कुराले पनि भवनको निर्धारण हुने अधिकारीहरूले जानकारी दिएका छन्।

एक सचिवका अनुसार पहिलेको गृह मन्त्रालय रहेको ठाउँमा बनेको भवन सकुशल रहेको र त्यसैमा प्रधानमन्त्री कार्यालय बनाउन सकिने प्रारम्भियक चयन भएको छ।


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend