काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको तर आफूहरू विचलित नभएको बताएका छन्।
'आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्तरूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
'देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस्' उनले भनेका छन्, 'अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस्।'