मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सामान्य बन्दै पोखराको जनजीवन

शुक्रबार, भदौ २७ २०८२
सामान्य बन्दै पोखराको जनजीवन

आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ।

गण्डकी- जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ। आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ।

बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन्। 'दिउँसोसम्मको परिस्थिति मूल्यांकन गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ', उनले भनिन्, 'अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ।'

अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उनको भनाइ छ। पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ। जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो।

गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend