मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चाडपर्वलक्षित सहुलियत पसल भदौ ३० देखि सञ्चालन हुने

शुक्रबार, भदौ २७ २०८२
चाडपर्वलक्षित सहुलियत पसल भदौ ३० देखि सञ्चालन हुने

खाद्यान्न र चिनीमा प्रतिकेजी ५ रूपैयाँ छुट दिइनेछ भने तेलमा प्रतिलिटर सात रूपैयाँ छुट दिइनेछ।

हुम्ला- बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

विगतका वर्षझैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो। कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी ५ रूपैयाँ छुट दिइनेछ भने तेलमा प्रतिलिटर सात रूपैयाँ छुट दिइनेछ। रासस


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend