काठमाडौं- नेपाल बीमा प्राधिकरणले हालैका असहज घटनाक्रमका कारण सृजना भएका बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणका निर्देशक कुन्दन सापकोटाका अनुसार भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको छ। बीमित सम्पत्तिमा भएको क्षति र प्रभावित पक्षको असहतालाई ध्यानमा राख्दै निर्जीवन बीमा कम्पनीहरूलाई बीमा दाबी सहज बनाउन आग्रह गरिएको हो।
यस्तै, असहज अवस्थाबाट भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ। भदौ २३ र २४ गतेका प्रदर्शन तथा तोडफोडका घटनाले ठूलो जनधनको क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।