मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सर्वोच्च अदालतमा आइतबारदेखि सुनुवाइ नियमित

बिहीबार , भदौ २६ २०८२
सर्वोच्च अदालतमा आइतबारदेखि सुनुवाइ नियमित

मंगलबार आन्दोलनकारीको आगजनीका कारण क्षति पुग्दा बन्द भएको सुनुवाइलगायतका सेवा आइतबारदेखि नियमित हुने भएको हो।

काठमाडौं- सर्वाेच्च अदालतको सेवा आइतबारदेखि नियमित हुने भएको छ।

मंगलबार आन्दोलनकारीको आगजनीका कारण क्षति पुग्दा बन्द भएको बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइलगायतका सेवा आइतबारदेखि नियमित हुने भएको हो।

सर्वोच्च अदालतमा मंगलबार भएको आगजनीका कारण पेसीमा रहेका मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो। मुद्दाका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका कारण सुनुवाइ अनिश्चित बनेको थियो।

बुधबार आगो निभाइएसँगै त्यहाँका जल्नबाट जोगिएका कागजात सुरक्षित राख्नका लागि संकलन सुरु गरिसकिएको छ।


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend