मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

भागेका कैदीहरूलाई सम्पर्कमा आउन प्रहरीको आग्रह

बिहीबार , भदौ २६ २०८२
भागेका कैदीहरूलाई सम्पर्कमा आउन प्रहरीको आग्रह

आन्दोलनका क्रममा लुटिएका, भेटिएका हातहतियार, सञ्चार साधन र सवारीसाधन फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।

काठमाडौं- गएको मंगलबार आन्दोलनका क्रममा उब्जिएका विभिन्न परिस्थितिका कारण जेल छाडेर भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ। 

देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाइहरू तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदी बन्दीहरू भागी, निस्केकाले त्यस्ता अभियुक्त र कैदी बन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा समेत यथाशीघ्र सम्पर्कमा आउन प्रहरी अनुरोध गरेको छ। 

यस्तै आन्दोलनका क्रममा लुटिएका, भेटिएका हातहतियार, सञ्चार साधन र सवारीसाधन फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।  

नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेकोमा उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ।

साथै आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ।


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend