काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर नै मुलुकलाई निकाश दिने प्रयास गरिरहेको बताएका छन्।
युवापुस्ताको पछिल्लो आन्दोलनले फेरिएको राजनीतिक घटनाक्रममा सरकारविहीन अवस्था भइरहँदा राष्ट्रपतिले आफ्नो धारणा विज्ञप्तिमार्फत व्यक्त गरेका हुन्।
'देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु' उनले भनेका छन्।
'आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु' विज्ञप्तिमा भनिएको छ।
