नवलपरासी- पश्चिम नवलपरासीमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज खुकुलो बनाइएको छ।
आज बसेको सुरक्षा समितिको बैठकले जिल्लाभरि लगाइएको कर्फ्यु आदेशलाई दिनभरि निषेधाज्ञामा परिणत गर्दै खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी गरिएको सूचनामा जनाइएको छ।
प्रशासनले जारी गरेको सूचनामा आज बिहान ६ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ भने साँझ ६ बजेपछि यही भदौ २७ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु लगाइएको छ।
निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका संस्था र पसल खोल्न सकिने तथा सवारीसाधन सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ। ती सबै सेवाका लागि नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न पनि भनिएको छ। रासस