काठमाडौं- मुलुकको विषम परिस्थितिका बीच विविध असुरक्षाका कारण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलाइएको छ।
आज बसेको बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकबाट विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय भएको हो।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुहरुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउजाउ गर्न अनुरोध गरिएको छ। साथै आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरिएको छ।
विमानस्थल सुचारू भएसँगै बुद्ध एयरले भोलि बिहीबार बिहानैदेखि उडान सञ्चालन गर्ने भएको छ। बुद्ध एयरको वेबसाइट, मोबाएल एप, अन्य पोर्टल तथा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने छ।


