बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, कहिले खुल्ने अनिश्चित

बुधबार, भदौ २५ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, कहिले खुल्ने अनिश्चित

विमानस्थल खुलेको सूचना पाएपश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र विमानस्थलमा आउन यात्रुलाई अनुरोध गरिएको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ।

विमानस्थल वरपर विमान उडान तथा अवतरण मार्गमा देखिएको धुँवालगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने देखिएको भन्दै अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो।

मंगलबारको प्रदर्शनले हिंस्रक रुप लिँदा बुधबार देशभर तनाव पैदा भएको थियो। अराजक समूहले देशभरका सरकारी, निजी, व्यावसायिक भवनहरुमा आगजनी गर्दा ठूलो क्षति भएको छ। उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायतका कारण विमानस्थल सञ्चालनमा पनि असहज भएको हाे।

विमानस्थल खुलेको सूचना पाएपश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र विमानस्थलमा आउन यात्रुलाई अनुरोध गरिएको छ।

प्रकाशित : बुधबार, भदौ २५ २०८२१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend