बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पछिल्लो विषम परिस्थितिले पर्यटकीय याम प्रभावित हुने चिन्ता

बुधबार, भदौ २५ २०८२
पछिल्लो विषम परिस्थितिले पर्यटकीय याम प्रभावित हुने चिन्ता

'शान्तिपूर्ण वातावरण, स्थायित्व र आतिथ्य भावना नै नेपालको पर्यटनको मेरुदण्ड हो, जसले लाखौँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्दै आएको छ।'

काठमाडौं- नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थितरता कायम गर्न अपिल गरेको छ। 

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले एक विज्ञप्ति जारी गर्दै विद्यमान परिस्थितिले केवल राष्ट्रिय राजनीति र समाजमा मात्र नभइ नेपालको आगामी पर्यटन मौसममा पनि गम्भीर असर पर्ने भन्दै वार्ता र सम्वादबाट समाधान खोज्न आग्रह गरेका हुन्।

'शान्तिपूर्ण वातावरण, स्थायित्व र आतिथ्य भावना नै नेपालको पर्यटनको मेरुदण्ड हो, जसले लाखौँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्दै आएको छ। यस्ता घटनाहरुले अन्तर्राष्ट्रिय समुदायमा असुरक्षा र अस्थिरताको सन्देश प्रवाह गर्नसक्ने हुँदा संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : बुधबार, भदौ २५ २०८२१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend