बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठप्प हवाई उडान : आधा दर्जन विमान आकाशमै होल्ड, हिमालय एयरलाइन्सको डाइभर्ट

मंगलबार, भदौ २४ २०८२
ठप्प हवाई उडान : आधा दर्जन विमान आकाशमै होल्ड, हिमालय एयरलाइन्सको डाइभर्ट

विभिन्न गन्तव्यबाट आएका अन्तर्राष्ट्रिय उडानका विमानहरु डाइभर्ट गरिएका छन्।

काठमाडौं- प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्णरुपमा प्रभावित भएको छ। आन्तरिक उडान पूर्णरुपमा ठप्प छ भने अन्तर्राष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन्। हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ। अन्तर्राष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताए। ‘फ्लाइट रार्डर’का अनुसार सिमरामाथिको आकाशमा ती विमानहरुले फन्को लगाइरहेका छन्। भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँदिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स होल्ड भएका छन्।

यस्तै, थाइल्यान्डको राजधानी बैंककबाट आएको एयर एसिया, बैंककबाटै आएको थाई लायन र बंगलादेशको राजधानी ढाकाबाट आएको विमान बंगलादेश होल्डमा बसेका हुन्। विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

पछिल्लो विकसित परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार आज राति १ बजेसम्मका लागि विमानस्थलको सम्पूर्ण उडान बन्द गरिएको हो। विभिन्न गन्तव्यबाट आएका अन्तर्राष्ट्रिय उडानका विमानहरु डाइभर्ट गरिएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १ बजेसम्ममा सञ्चालन हुँदै आएको थियो। विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गर्दै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
 
आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्। ‘जेनजी पुस्ता’को प्रदर्शनले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आगजनी गरिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend