बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

सोमबार, भदौ २३ २०८२
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

सरकारकाे बेथितिविरुद्ध बोल्दा युवाले ज्यान गुमाउनु परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले पनि राजीनामा दिनुपर्ने भन्दै माग उठिरहेको छ।

काठमाडौं- चर्को आलोचनाबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनमा प्रहरी दमनका कारण करिब १९ जनाको ज्यान गएपछि उनले नैतिक जिम्मेवारी लिँदै आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका हुन्।

जेनजी युवाले साेमबार काठमाडाैंसहित देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा राजनीतिक समूहकाे समेत घूसपैठ हुँदा परिस्थिति नियन्त्रणबाहिर गएकाे भन्दै प्रहरीले गाेली चलाउँदा धेरै युवा घाइते भएका छन् भने मृतक संख्या १९ पुगिसकेकाे छ। दर्जनाैँ घाइतेकाे अवस्था गम्भीर रहेकाे छ।

सरकारकाे बेथितिविरुद्ध बोल्दा युवाले ज्यान गुमाउनु परेको भन्दै प्रधानमन्त्री ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले पनि राजीनामा दिनुपर्ने भन्दै माग उठिरहेको छ। 


प्रकाशित : सोमबार, भदौ २३ २०८२२०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend