बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सामाजिक सञ्जाल प्रतिबन्धले 'कर्पोरेट कम्युनिकेसन'मा पनि सकस, तत्काल हुनुपर्ने काममा ढिलाइले बढ्दै लागत

आइतबार, भदौ २२ २०८२
सामाजिक सञ्जाल प्रतिबन्धले 'कर्पोरेट कम्युनिकेसन'मा पनि सकस, तत्काल हुनुपर्ने काममा ढिलाइले बढ्दै लागत

विदेशी कम्पनीका लागि नेपालमा सेवा दिने कन्सल्टिङ सेवादेखि अधिकांश कर्पोरेटकहरूको सञ्चार अवरुद्ध भएको छ। विशेषगरी ह्वाट्सएपदेखि फेसबुकसम्म बन्द भएपछि एक आपसमा हुने सञ्चार अवरुद्ध भएको छ।

काठमाडौं- नेपालमा सूचीकरण हुन नआएको भन्दै सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि व्यापार चक्र नै प्रभावित भएको छ। व्यापारिक गतिविधि तथा कर्पोरेट सञ्चारको काम प्रविधिमा आधारित हुँदै आएको थियो। सामाजिक सञ्जाल बन्दका कारणले यस्तो सञ्चार महँगो र झन्झटिलो बनेको छ। 

विदेशी कम्पनीका लागि नेपालमा सेवा दिने कन्सल्टिङ सेवादेखि अधिकांश कर्पोरेटहरूको सञ्चार अवरुद्ध भएको छ। विशेषगरी ह्वाट्सएपदेखि फेसबुकसम्म बन्द भएपछि एकआपसमा हुने सञ्चार अवरुद्ध भएको छ। 

नेपालमा पछिल्लो समय सबैले भन्दै आएको आईटी सेवाको निर्यात गर्ने कम्पनीको कामकाज प्रभावित भएको छ। उनीहरूले नेपालबाट गर्ने मार्केटिङदेखि अधिकांश कामका लागि फेसबक, एक्सलगायतका प्ल्याटफर्म उपयोग गर्दै आएका थिए।

नेपालमा प्रतिबन्ध लागेपछि यस्ता कम्पनीले काम गर्नका लागि महँगो मूल्य तिरेर भीपीएन सेवा लिनुपरेको छ। यसले गर्दा लागत बढ्नुका साथै सेवामा पनि विलम्ब भइरहेको छ। 

यसबाहेक नेपालमा रहेका अधिकांश कम्पनीहरूको सञ्चारको माध्यम ह्वाट्सएप हुँदै आएको थियो। ठूला संस्थामा इन्टरकनेक्सन फोनको साटो ह्वाट्सएप जस्ता माध्यम प्रचलनमा आएको थियो।

आन्तरिक ‍सञ्चारमा भाइबरले प्रतिस्थापन गरेपनि नेपालबाट विदेशमा हुने सञ्चारका लागि भने यो उपकरणले काम गरेको छैन। नेपालमा भाइबर उपयोग भएपनि विदेशी क्लाइन्टहरूले त्यो प्ल्याटफर्म उपयोग नगर्ने भएकाले सञ्चारमा समस्या भएको छ। 

अहिले अधिकांश सञ्चार फेरि इमेलमै फर्किएको छ। तर यसअघि तत्काल रेस्पोन्स हुने म्यासेन्जर सेवा रोकिएपछि समस्या भइरहेको छ। ट्राभल सेवा यसबाट धेरै प्रभावित भएको छ। यात्रुसेवादेखि कार्गोसम्ममा आउने समस्या तत्काल रेस्पोन्स गर्नुपर्ने भएपनि इमेलमै भर पर्दा रेस्पोन्समा समस्या भएको छ। 


प्रकाशित : आइतबार, भदौ २२ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend