बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

सार्वजनिक भयो नयाँ दिपल एस ०५

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ। साथै ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ।

इटहरी- नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपलले कोशी प्रदेशको महत्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ। यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ। 

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक शोरुमको उद्घाटन गरेका हुन्। नयाँ शोरुम उद्घाटनसँगै सर्ब मोटर्सले टेस्ट एक्ड एक्सचेन्ज सुरु भएको छ। 

भदौ २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन्। 

भर्खरै सम्पन्न नाडा अटो शो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ। यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन्।  

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउने जनाएको छ।

Deepal Itahari 3.jpg

 दिपल एस०५ मा सर्वोत्कृष्ट विशेषताहरु

शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो। 

दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ। साथै ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ। 

यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ। दिपल एस०५ मा ६ किलोवाटको ‘भीटूएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन्। साथै यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ। 

नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट-एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ। यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किंग गर्न सकिन्छ।

दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ। 

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन्। स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ। 


प्रकाशित : शुक्रबार, भदौ २० २०८२१७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend