बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने

बिहीबार , भदौ १९ २०८२
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको छ।

काठमाडौं- सरकारले फेसबुक, एक्स, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। 

सरकारले यही भदौ १२ गते 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०' बमोजिम सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको समय दिएको थियो। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल बन्द गरिने जनाएको छ।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको छ।

सरकारले अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनि लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको भन्दै केही समयअघि टेलिग्राम बन्द गरेको थियो। त्यसअघि टिकटकमा लगाएको प्रतिबन्ध नेपालमा सूचीकृत हुन आएसँगै फुकुवा भएको थियो। 

पछिल्लो समय सरकारले फेसबुक, एक्स, ह्वाट्सएप, इस्न्ट्राग्रामलगायतलाई नेपालमा सूचीकृत हुन भनेको छ। यसअघि पटकपटक पत्र पठाएरै आग्रह गर्दा अटेर गरेपछि यसपटक मन्त्रिपरिषद्ले नै निर्णय गरी बन्द गर्ने चेतावनीसहितको म्याद दिएको थियो।  

नेपालमा अहिलेसम्म सामाजिक सञ्जालहरू वी-टक, भाइबर र टिकटकमात्र सूचीकृत भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आह्वानपछि गतवर्ष असोज १६ मा वी-टक, फागुन २४ मा भाइबर र कात्तिक ८ मा टिकटक सूचीकृत भएका हुन्। 


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend