बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्याप्त पर्यटक भित्र्याउन पूर्वतयारीमा जुटे सौराहाका व्यवसायी

मंगलबार, भदौ १७ २०८२
पर्याप्त पर्यटक भित्र्याउन पूर्वतयारीमा जुटे सौराहाका व्यवसायी

क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेका अनुसार हाल सौराहामा नगन्य पर्यटक छन्। आगामी महिना पर्यटक बढ्नेमा उनी विश्वस्त छन्।

चितवन- पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन्। बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन्। 

गतवर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउँछन्। 

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रंगरोगन, मर्मतसम्भारमा नै व्यस्त छन्। क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष घिमिरे आफूजस्तै अन्य व्यवसायी सरसफाइमा जुटेका बताउँछन्।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट छन्। ती सबै पर्यटकको प्रतीक्षामा छन्। यो वर्ष पर्यटक आगमन गत वर्षको भन्दा अधिक हुने अपेक्षासहित आफूहरू तयारीमा जुटेको उनले बताए। सौराहामा एकसय २० भन्दा बढी होटल छन्। ती होटलमा आठ हजार हाराहारी कोठा छन्।

क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेका अनुसार हाल सौराहामा नगन्य पर्यटक छन्। आगामी महिना पर्यटक बढ्नेमा उनी विश्वस्त छन्।

जंगल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा भएकाले स्वदेशी र विदेशी पर्यटकको आगमनको प्रतीक्षामा रहेका व्यवसायी धामाधम भौतिक पूर्वाधार पनि निर्माण गरिरहेका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend