बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १५ २०८२
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।

चीन- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ। 

चीनका राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरूबीच अनौपचारिक कुराकानी भएको हो।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्। उनले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन्। 

नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्। 


प्रकाशित : आइतबार, भदौ १५ २०८२१९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend