बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दैजी जोगबुढा सडक : आठ वर्षमा पाँच किलोमिटर कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १४ २०८२
दैजी जोगबुढा सडक : आठ वर्षमा पाँच किलोमिटर कालोपत्र

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ।

कञ्चनपुर- कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निमार्णका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निमार्ण सम्पन्न गरिसक्नुपर्ने भएपनि हालसम्म सडक निमार्णले पूर्णता पाएको छैन।

हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ। सडक निमार्णका लागि पछिल्लो पाचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भएपनि उक्त समयसमेतमा सडक निमार्ण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ। गत आर्थिक वर्षमा सडम निमार्णको काम नहुँदा एक करोड बजेट फ्रिज भएको थियो। 

कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निमार्णका लागि हालसम्म पाँच पटक म्याद थप गरिएको भएपनि सडक निमार्ण सम्पन्न हुन नसकेको गरिएको जानकारी दिए।

'अहिलेसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ' उनले भने, 'सात किलोमिटर सडक निमार्णको काम बाँकि नै छ, निमार्ण व्यवसायिले हालसम्म १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ।' उनका अनुसार निमार्ण व्यवसायिले दुई करोड ९० लाख भुक्तानी पाउन मात्रै बाँकी छ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ।

'पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निमार्ण हुन सकेको छैन' यहाँका स्थानीय केशव बोहराले भने, 'यो सडक निमार्ण नहुँदा आमीले धेरै दुःख पाएका छौँ हिउँदमा धुलाम्य हुन्छ वर्षादमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।'

उनले उक्त ३१ किलोमिटर सडक निमार्ण नहुँदा यहाँका स्थानीय १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो गरे। डडेल्धुराको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा समेत छ। रासस


प्रकाशित : शनिबार, भदौ १४ २०८२१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend