बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धार्मिक पर्यटनको गन्तव्य बन्दै गाजादहको सिद्धबराह

बिहीबार , भदौ १२ २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै गाजादहको सिद्धबराह

सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति तयारीमा २० लाख रूपैयाँ खर्च भएको छ।

बागलुङ- सरकारले एकसय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ।

चार महिना लगाएर मूर्तिकार कृष्णबहादुर सुनारले उक्त मूर्ति बनाएका हुन्। मूर्ति तयारीमा २० लाख रूपैयाँ खर्च भएको छ।

समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका-३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचारप्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए।

भगवान विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कने गरी मूर्ति निर्माण स्थापना गरिएको छ। जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिएका छन्।

गाजादहमा आयोजित ज्ञान महायज्ञमा संकलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो। गाजादह २४ वर्गमिटरमा फैलिएको छ। यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend