बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ११ २०८२
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने

काठमाडौं- सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएकी हुन्।

सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरे। कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए। रासस


प्रकाशित : बुधबार, भदौ ११ २०८२१७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend