शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कर्णाली र सुदूरपश्चिमका हिमाल आरोहणमा लाग्ने सलामी शुल्क दुई वर्षका लागि शतप्रतिशत छुट

मंगलबार, भदौ १० २०८२
कर्णाली र सुदूरपश्चिमका हिमाल आरोहणमा लाग्ने सलामी शुल्क दुई वर्षका लागि शतप्रतिशत छुट

आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि हिमाल आरोहण शुल्कमा लाग्ने सलामी शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो।

काठमाडौं- सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालको प्रवर्द्धनका लागि सलामी शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएको ९७ वटा हिमालको प्रवर्द्धनका लागि सलामी शुल्कमा शतप्रतिशत छुट दिने सरकारले निर्णय गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि हिमाल आरोहण शुल्कमा लाग्ने सलामी शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो।

पर्यटन ऐन २०५३ को दफा ३६ तथा पर्वतारोहण नियमावली २०५९ को नियम ३२ को खण्ड 'ख' बमोजिम पूर्णरुपमा सलामी शुल्क छुट दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ।

प्रकाशित : मंगलबार, भदौ १० २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend