शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कोरियन एयरले ३५ अर्ब ५० करोड डलर खर्चेर बोइङका १ सय ३ वटा विमान किन्ने

मंगलबार, भदौ १० २०८२
कोरियन एयरले ३५ अर्ब ५० करोड डलर खर्चेर बोइङका १ सय ३ वटा विमान किन्ने

यो संख्यामा कोरियन एयरले एकै पटक अडर गरेको यो पहिलो पटक हो। कोरियन एयरले बोइङका ७८७, ७७७ र ७३७ विमान खरिद गर्ने छ जसको मूल्य ३५ अर्ब ५० करोड डलरभन्दा बढी हुनेछ।

काठमाडौं- दक्षिण कोरियाली एयरलाइन्स कोरियन एयरले बोइङ कम्पनीका १ सय ३ वटा विमान खरिद गर्ने भएको छ। कोरियन एयरले बोइङलाई उक्त विमान किन्न अडर गरेको सोमबार घोषणा गरेको हो। 

कोरियन एयरले १ सय ३ विमानसँगै जीई एरोस्पेसका इन्जिन र सर्भिससमेतमा ५० अर्ब अमेरिकी डलर खर्चने भएको छ। कोरियाली राष्ट्रपति ली जे मियुङको अमेरिका भ्रमणका क्रममा उक्त घोषणा भएको हो। 

यो संख्यामा कोरियन एयरले एकैपटक विमान अडर गरेको यो पहिलोपटक हो। कोरियन एयरले बोइङका ७८७, ७७७ र ७३७ विमान खरिद गर्ने छ जसको मूल्य ३५ अर्ब ५० करोड डलरभन्दा बढी हुनेछ। 

त्यस्तै कोरियन एयरले इन्जिन र सर्भिसका लागि १३ अर्ब ७० करोड डलरको अर्को अडर गरेको रोयटर्सले लेखेको छ। पछिल्लोपटक अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशसँग व्यापार सम्झौताका लागि छलफल र नेगोसिएसन गरिरहेका छन्। 

हालै अमेरिकी भ्रमणमा रहेका कोरियाली राष्ट्रपति लीसँगै अमेरिकामा रहेका कोरियन एयरका सीईओ चो ओनताले बोइङको एउटा फ्याक्ट्री समेत पुगेका थिए। त्यसक्रममा उनले कोरियाली ध्वजाबाहकले इतिहासकै धेरै विमान खरिद गर्न अडर गरेको र विमान आइपुगेपछि अमेरिका, ल्याटिन अमेरिक र दक्षिण अमेरिकी गन्तव्यमा उडान बढ्ने विश्वास व्यक्त गरे। 

१ सय ३ वटा अडरमध्ये आधा ७३७ म्याक्स रहेका छन् भने बाँकी ७७७-९ र ७८७ विमान रहेको सीईओ चोले बताएका छन्। यी विमान प्राप्त भएपछि हाल उडानमा रहेका करिब ८० प्रतिशत विमानलाई विस्थापन गर्ने योजना कोरियन एयरको छ। 

बोइङसँग ३६ अर्ब २० करोडको विमान किन्ने डिल भएको कोरियाली उद्योग मन्त्रालयले पनि पुष्टि गरेको छ। इन्जिन निर्माता जीसीसँग पनि सम्झौता भएको मन्त्रालयले उल्लेख गरेको छ। 

कोरियन एयरले गएको मार्चमा पनि विमान खरिद गर्ने योजना अघि सारेको थियो। त्यसबारेमा उद्योग मन्त्रालयसँग छलफल गरेर विमान अडरको प्रक्रिया बारे निर्माण लिने तयारीमा थियो। तर पछिल्लोपटक कोरियन राष्ट्रपतिको अमेरिका भ्रमणका क्रममा बोइङसँग विमान खरिद गर्ने सम्झौता भएको छ।


प्रकाशित : मंगलबार, भदौ १० २०८२१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend