बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लाइफस्टाइल एसयूभी आईकार भी२३ सार्वजनिक, टप भेरियन्टको प्रस्तावित मूल्य ४७ लाखभन्दा कम

सोमबार, भदौ ९ २०८२
लाइफस्टाइल एसयूभी आईकार भी२३ सार्वजनिक, टप भेरियन्टको प्रस्तावित मूल्य ४७ लाखभन्दा कम

भी २३ मोडलमा ५९.९ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। यो कारले एक पटकको फुल  चार्जमा ४ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइलको सबब्रान्ड आईकार नेपाल भित्रिएको छ। आईकारकाे लाइफस्टाइल विद्युतीय एसयूभी भी २३ सोमबार सार्वजनिक भएको हो। 

चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले सोमबार कार्यक्रम गरी आईकार भी २३ सार्वजनिक गरेको हो। कम्पनीले आईकार भी २३ टप भेरियन्टको मूल्य ४७ लाख रुपैयाँभन्दा कममा आउने घोषणा गरेको छ। कम्पनीले यसलाई प्रस्तावित मूल्य भनेको छ। 

आईकार भी २३ मा १ सय किलोवाट मोटरसहित रेयर ह्वील ड्राइभ अप्सनमा नेपाल आएको हो। भी २३ मोडलमा ५९.९ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। यो कारले एक पटकको फुल  चार्जमा ४ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

आईकार भी २३ सहर तथा अफरोडका लागि उपयुक्त हुने साइजमा बनेको छ। यसको लम्बाइ ४२ सय २० एमएम, चौडाइ १९ सय १५ एमएम र उचाइ १८ सय ४५ एमएम छ। आईकार भी २३ मा २७ सय ३५ एमएम लामो ह्वीलबेस रहेकाे छ। गाडीमा २ सय १० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसको डिपार्चर एंगल ४० र अप्रोच एंगल ४२ डिग्री छ। 

अगाडिका दुवै सिट इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर रहेकाे छ। चेरीले आईकार भी २३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ। ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यो कारमा छ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे ३ चीप प्रयोग भएको छ। कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा जडान गरेको छ। फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता विशेषता यो कारमा छन्।

स्क्वायर बक्स सेपमा तयार भएको अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ। यसले नेपालसहित विश्वभर रगेड देखिने विदयुतीय सवारीसाधनप्रति बट्दो उपभोक्ता चासोलाई प्रतिविम्बित गर्दछ। 

भी २३ ६ वटा विभिन्न रंग विकल्पमा उपलब्ध छ। यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ। अगाडिको प्रशस्त स्पेस छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ। यो एसयूभीको ७४ प्रतिशतभन्दा बढी भाग हाइस्ट्रेन्य स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ।

भी २३ ले इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि' मापदण्ड पालना गरेको छ, जसले आईकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।


प्रकाशित : सोमबार, भदौ ९ २०८२१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend