बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१७औँ संस्करणको नाडा अटो शोमा ऐतिहासिक सहभागिता, १ लाख ७६ हजार ७८९ जनाले गरे अवलोकन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ८ २०८२
१७औँ संस्करणको नाडा अटो शोमा ऐतिहासिक सहभागिता, १ लाख ७६ हजार ७८९ जनाले गरे अवलोकन

काठमाडौं- १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ उत्साहजनक सहभागितासहित समापन भएको छ। ६ दिनसम्म चलेको अटो शो १ लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए। तेस्रो दिन बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरे भने चौथो दिन शुक्रबार २५ हजार ८ सय ८ जनाले अवलोकन गरे। 

शनिबार एकैदिन ४५ हजार ४ सय ५७ जनाले अवलोकन गरेको शो आइतबार अन्तिम दिन २६ हजार ९ सय ७ जनाले अवलोकन गरेका हुन्।

अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म दर्शकहरूको रोजाइमा रहेको थियो। यो वर्षको उत्कृष्ट स्टलमा कारतर्फ दिपल र मोटरसाइकलतर्फ रोयल इनफिल्ड घोषित भए।

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी राखेर भिन्टेज मोटर शो पनि भयो। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाए।

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका थिए। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको थियो।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको थियो। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भए।  

नाडा अटो शोमा पूर्वप्रधानमन्त्रीदेखि राजनीतिज्ञ तथा उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रह्यो। अवलोकनकर्ताको उल्लेख्य सहभागिताले १७औँ संस्करणको नाडा अटो शो २०२५ ऐतिहासिक बनेको नाडाको भनाइ छ।


प्रकाशित : आइतबार, भदौ ८ २०८२२०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend