आइतबार, जेठ ६ गते २०८१    
images
images

जनगणना अन्तर्गत आजबाट घरपरिवारको सूचीकरण सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
जनगणना अन्तर्गत आजबाट घरपरिवारको सूचीकरण सुरु

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित आज बाट जनगणनाको पहिलो चरण, घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुने भएको छ।

images
images

काठमाडौं -‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित आज बाट जनगणनाको पहिलो चरण, घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुने भएको छ।

images
images
images

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुन लागेको हो। कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। नयाँ तालिका अनुसार आज देखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ।

images

विभागका अनुसार तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन्। सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ।

images
images

मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन्। नेपालमा विसं १९६८  देखि हरेक १०\१० मा जनगणना हुँदै आएको छ। 

images
images


प्रकाशित : बुधबार, भदौ ३० २०७८०३:२०
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend