बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा चौथो दिन २५ हजार ८ सय ८ जनाले गरे अवलोकन, चार दिनमा १ लाख ४ हजार ३ सय ४७ जना दर्शक

शुक्रबार, भदौ ६ २०८२
नाडा अटो शोमा चौथो दिन २५ हजार ८ सय ८  जनाले गरे अवलोकन, चार दिनमा १ लाख ४ हजार ३ सय ४७ जना दर्शक

काठमाडौं भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्।

काठमाडौं- १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए। तेस्रो दिन बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरे भने चौथो दिन आज शुक्रबार २५ हजार ८ सय ८ जनाले अवलोकन गरेका छन्।

काठमाडौं भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्। 

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन्।

नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन्।  

नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन्। जहाँ विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा छन्। 

राणाले बोकाएर ल्याएको फोर्डदेखि महेन्द्रको ‘सेतो प्यागोडा’सम्म राणाले बोकाएर ल्याएको फोर्डदेखि महेन्द्रको ‘सेतो प्यागोडा’सम्म

विरासत कायम राख्न सफल ‘नाडा अटो शो’ विरासत कायम राख्न सफल ‘नाडा अटो शो’


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend