बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फोटोनको विद्युतीय पिकअप ई टुनल्यान्ड सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

शुक्रबार, भदौ ६ २०८२
फोटोनको विद्युतीय पिकअप ई टुनल्यान्ड सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

ई टुनल्यान्डमा १ सय ३० किलोवाटको मोटर रहेको छ। ९ सय किलोसम्मको पेलोड क्षमता रहेको ई टुनल्यान्ड टू ह्वील ड्राइभ अप्सनमा नेपाल आएको हो।

काठमाडौं-  फोटोनको नयाँ विद्युतीय पिकअप सार्वजनिक भएको छ। नाडा अटो शोको चौथो दिन फोटोनको ‘ई-टुनल्यान्ड’को बिक्री सुरू भएको हो।

टुनल्यान्डका पिकअप यसअघि नै नेपाली बजारमा उपलब्ध गराएको एमएडब्लू वृद्धिले विद्युतीय अप्सन पनि ल्याएको हो। अहिले बजारमा रहेको रिडारा पिकअपसँग प्रतिस्पर्धा गर्नेगरी ल्याइएको ई-टुनल्यान्ड एउटा भेरियन्टमा उपलब्ध रहेको छ।

ई टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएलले उत्पादन गरेको ब्याट्री छ। यसको डब्लूएलटीपी रेन्ज ३ सय ५० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ।

ई टुनल्यान्डमा १ सय ३० किलोवाटको मोटर रहेको छ। ९ सय किलोसम्मको पेलोड क्षमता रहेको ई टुनल्यान्ड टू ह्वील ड्राइभ अप्सनमा नेपाल आएको हो।

फोटोनका अनुसार ई टुनल्यान्डको सबैभन्दा बलियो पक्ष यसमा रहेको ब्याट्रीमा दिइएको वारेन्टी हो। कम्पनीले यसमा ८ वर्ष वा ४ लाख किलोमिटरसम्मको वारेन्टी दिने फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ। 

एमएडब्लू वृद्धिले यसको मोटरमा भने ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ। शुक्रबारबाटै ग्राहकले बुकिङ गर्न सक्ने पिकअपको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर नाडा अफरको रूपमा कम्पनीले १ लाख रुपैयाँ छुट दिएर ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

फोटोनको आधिकारिक बिक्रेता एमएडब्लूले देशभर १ सय २५ स्थानमा चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ। यसअघि नै विद्युतीय माइक्रोबस बजारमा ल्याएर सफलता पाएको फोटोनले विद्युतीय पिकअप पनि ल्याएको छ। 


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend