काठमाडौं- भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ।
यसअघि अनुमतिप्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरि कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्विकृति ११३०.९ मेगावाट पुगेको छ।
पछिल्लोपटक साउन २६ गते भारत सरकारले २ सय मेगावाटको लागि अनुमति प्रदान गरेकोमा यही भदौ ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।
वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि रहेको छ भने यो अनुमति मेगाघाट खोला ४८.५ र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाटका लागि रहेको छ।
