बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोको दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले गरे अवलोकन

बुधबार, भदौ ४ २०८२
नाडा अटो शोको दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले गरे अवलोकन

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

काठमाडौं- मंगलबारदेखि सुरु भएको १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका छन्। 

काठमाडौंको भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्। 

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन्।

नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। 

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत हुनेछन्। पहिलो दिन इन्टरनेसनल अटो ट्रेड डाइलग  भएकाे हाे। 

नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारी सार्वजनिक भएका हुन्। नाडा अटोमा पनि विद्युतीय सवारीसाधन उल्लेख्य रुपमा देख्न पाइनेछ। 


प्रकाशित : बुधबार, भदौ ४ २०८२१९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend