बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधिसभा बैठक : विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

बुधबार, भदौ ४ २०८२
प्रतिनिधिसभा बैठक : विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराए।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीबाट विशेष कारणवश ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सूची हटाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले समसामयिक विषयमा राख्नुहुने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ।

सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराए।

कार्यसूचीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ।

यसैगरी, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend