शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भोजपुरको ‘किरातेश्वर ढुंगे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

बुधबार, भदौ ४ २०८२
भोजपुरको ‘किरातेश्वर ढुंगे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ।

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-९ स्थित किरातेश्वर ढुंगे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ। यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ। 

यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुंगे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको टेम्केमैयुङ-९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए।

पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ। पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ।

पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend