बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्राकृतिक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

शनिबार, साउन ३१ २०८२
प्राकृतिक विपद् र चुनौतीबीच नाडा अटो शोमा राखिने फ्लाइङ कार र रोबोट काठमाडौंमा

सबै अवरोध, चुनौती र प्राकृतिक विपद्पार गर्दै असम्भवलाई सम्भव बनाइ फ्लाइङ कार र रोबोट काठमाडौं आइपुगेको नाडाले जनाएको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ देखि हुन लागेको नाडा अटो शोमा शोकेस गरिने फ्लाइङ कार र रोबोट काठमाडौं आइपुगेको छ। 

सबै अवरोध, चुनौती र प्राकृतिक विपद्पार गर्दै असम्भवलाई सम्भव बनाइ फ्लाइङ कार र रोबोट काठमाडौं आइपुगेको नाडाले जनाएको छ।

तातोपानी क्षेत्रमा देखिएका प्राकृितक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै नाडा अटामोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत दिपलको फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट आइपुगेको उल्लेख गरेको छ। 

यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ माफर्त दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन्। 

तातोपानी नाकामा चीनतर्फ बाटो बिग्रिँदा एक साताभन्दा लामो समयदेखि एमएडब्लूले ल्याएको फ्लाइङ कार नेपाल भित्रन सकेको थिएन। नाडा अटो शाे नजिकिँदै गर्दा आयातकर्ताले विभिन्न तवरले सहजीकरण गरेर अन्तत: फ्लाइङ कार काठमाडौं आइपुगको हो। 

‘१७औँ संस्करणको नाडा अटो शो कवेल एउटा प्रदशर्नी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो,’ नाडाले विज्ञप्तिमा भनेको छ, ‘यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ।’

२०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९-२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने प्रदर्शनीमा अटोमोबाइल र त्यससँग सरोकार राख्नेहरुलाई अवलोकनका लागि आउन नाडाले आह्वान गरेको छ। 


प्रकाशित : शनिबार, साउन ३१ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend