बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गुगल म्याप्सद्वारा नेपालमा 'स्ट्रिट भ्यू'को सुरुवात : अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने

शुक्रबार, साउन ३० २०८२
गुगल म्याप्सद्वारा नेपालमा 'स्ट्रिट भ्यू'को सुरुवात : अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
गुगल 'स्ट्रिट भ्यू'बाट देखिएको भक्तपुरस्थित दत्तात्रेय मन्दिर

'स्ट्रिट भ्यू' चित्रमार्फत काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन, शान्त र सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सकिने छ।

काठमाडौं-  गुगल म्याप्सले नेपालमा 'स्ट्रिट भ्यू' सुरु गरिएको घोषणा गरेको छ।

शुक्रबार 'डिजिटल नेपाल कन्क्लेभ, २०२५' को अवसर पारेर सुरु गरिएको गुगल म्याप्सको 'स्ट्रिट भ्यू' चित्रमार्फत नेपालको अद्भुत भू-दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सकिने छ।

'स्ट्रिट भ्यू' चित्रमार्फत काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन, शान्त र सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न तथा हिउँले ढाकिएका हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा फोन वा कम्प्युटरबाट भर्चुअल यात्रा गर्न सकिने बताइएको छ।

यसले अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ। 

यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ, जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

नेपालका नवीनतम दृश्यहरू फोन वा कम्प्युटरमा गुगल म्याप्स खोली ३६० डिग्री भ्यू वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गरी हेर्न सकिने छ।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend