बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ईभी रेसमा सुजुकीको प्रवेश, ई भिटारा नेपालमा सार्वजनिक

शुक्रबार, साउन ३० २०८२
ईभी रेसमा सुजुकीको प्रवेश, ई भिटारा नेपालमा सार्वजनिक

प्यासेन्जर कार सेगमेन्टमा राम्रो पकड रहेको र नेपाली उपभोक्ताको रोजाइमा परेको सुजुकी यसअघि आईसी इन्जिन भर्सनमा उपलब्ध थियो। सुजुकी ई भिटारा एसयूभी लिएर नेपाली ईभी बजारमा प्रतिस्पर्धामा उत्रिएको हो।

काठमाडौं- जापानी कार ब्रान्ड सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा नेपाली बजारमा आएको छ। केही समयपछि बिक्री सुरु हुने ई भिटारा पहिलोपटक शुक्रबार शोकेस गरिएको हो।

सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी भदौ ३ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा औपचारिकरुपमा सार्वजनिक गरेर बुकिङ लिने जनाएको छ। योसँगै सुजुकी पनि नेपाली ईभी रेसमा प्रवेश गरेको हो।

प्यासेन्जर कार सेगमेन्टमा राम्रो पकड रहेको र नेपाली उपभोक्ताको रोजाइमा परेको सुजुकी यसअघि आईसी इन्जिन भर्सनमा उपलब्ध थियो। सुजुकी ई भिटारा एसयूभी लिएर नेपाली ईभी बजारमा प्रतिस्पर्धामा उत्रिएको हो।

गएको जनवरीमा भएको ‘भारत मोबिलिटी एक्स्पो २०२५’ मा पहिलो पटक सुजुकीको ईभी सार्वजनिक गरेको थियो। आगामी महिनाबाट भारतमा सुजुकीले मास प्रोडक्सन सुरु गरेर बिक्री थाल्ने जनाएको छ।

ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। सुजुकी ई भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

E vitara - suzuki.jpg

सुजुकीले ई भिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०७, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ।

नेपालमा अहिले शोकेसका लागि ल्याइएको ई भिटारामा १ सय ७ किलोवाट मोटर रहेको छ। सुजुकीको नयाँ ईभी टेक्नोलोजी र विशेषताले भरिपूर्ण ई भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको छ। चार्जिङ पोर्ट भने फ्रन्टमा उपलब्ध रहेको छ।

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।

टोयोटाको ४० पीएल बर्न इलेक्ट्रिक प्लेटफर्ममा बनेको यो मिडसाइज एसयूभी भारतमा बिक्री सुरु भएसँगै नेपालमा पनि बिक्री सुरु हुनेछ। सुजुकी ई भिटाराको मूल्य नाडा अटो शोमा सार्वजनिक हुने अनुमान गरिएको छ।  


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend