बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३ करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३० २०८२
३ करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली निर्माण गरिएको छ।

म्याग्दी- सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ-बेनीे सडक ३ करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ। 

मालढुंगा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। 

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए। रासस 


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend