काठमाडौं- नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड चांगानको आधारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को सर्वोत्कृष्ट संयोजन भएको विद्युतीय एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ। यो नयाँ प्रिमियम ईभीले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ।
नयाँ दिपल एस०५ लाई नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरेका हुन्।
दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन्। साथै यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ। क्याबिनलाई ‘लक्जरियस’ बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ६४ ‘एम्बायन्ट लाइटिङ’, ‘आउटडोर स्पिकर’सहितको १४ स्पिकरयुक्त ‘स्काइ सरान्ड साउन्ड सिस्टम’ दिइएको छ।
साथै लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको ‘फ्रंक’ दिइएको छ।
‘आईएफ अवार्ड-विनिङ स्टाइल’
आफ्नो ‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दिपल एस०५ युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ २०२५ जितेको थियो। यसको ‘ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी’ छ जुन नेपालको एसयूभी सेग्मेन्टकै सबैभन्दा कम हो यसले पर्फर्मेन्स र सुन्दरता दुवैलाई बलियो बनाउँछ।
तारामन्डली स्वरुपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरिक्षयानबाट प्रभावित हेडलाइट, ‘फ्रेमलेस डोर’, ‘फ्लस ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट, लुमिनस रियर लोगो’ रहेको छ। १९ सय एमएम चौडाइ र १६ सय सीसीको उचाइको बेजोड ‘प्रोपर्सन’ले सडकमा दमदार उपस्थिति जनाउँछ।
‘टेक्नोलोजी’ ले भरिपूर्ण एस०५
नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट-एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ। यसको मद्दतबाट साँघुरो ठाउँमा सहजै पार्किङ गर्न सकिन्छ।
साथै यसमा पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ जसमा ‘ट्राफिक जाम असिस्ट, लेन सेन्टरिंग कन्ट्रोल, फर्वाड कोलिजन वार्निङ’ लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन्। दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन्। स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ।
‘गोल्डेन शिल्ड ब्याट्री’
दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ। साथै ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ। यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ। दिपल एस०५ मा ६ किलोवाटको ‘भीटूएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ।
‘रियर ह्वील ड्राइभ’ र ५०ः५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ले नयाँ दिपल एस०५ को ‘पर्फमेन्स’ लाई बेजोड बनाइदिन्छ। यसको ‘एनईडीसी रेन्ज’ चार सय ७० किलोमिटर रहेको छ।
सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ
नयाँ दिपल एस०५ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। प्लस भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। साथै माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। हाललाई यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
नयाँ दिपल एस०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मक्र्युरी सिल्भर‘’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ। साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’ मा उपलब्ध छ।
