शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सुरु भयो नमस्ते पे मोबाइल भुक्तानी सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
सुरु भयो नमस्ते पे मोबाइल भुक्तानी सेवा

सरकारी स्वामित्वको नेपाल टेलिकमलले नमस्ते पे मोबाइल भुक्तानी सेवाको व्यवसायी सुरु गरेको छ। टेलिकम र राष्ट्रिय बाणिज्य बैंक बीच भएको औपचारिक समझदारीको अनुसार नमस्ते पे सुरु भएको हो।

images
images

काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकमलले नमस्ते पे मोबाइल भुक्तानी सेवाको व्यवसायीक काराेबार सुरु गरेको छ। टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको औपचारिक समझदारी अनुसार नमस्ते पे सुरु भएको हो।

images
images
images

सेवाको सुरुवात प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप सुरु गरिएको छ।

images
images

पहिलो चरणमा एण्ड्रोइड सिस्टमको मोबाइल एपमा उपलब्ध हुने भएपनि आइओएसको लागि केही औपचारिक तयारी बाँकी रहेको टेलिकमले जनाएको छ।

images
images

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडी प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवा लिन सकिने छ।

नेपाल टेलिकमको नेटवर्कमा स्टार ५०० ह्यासडायल गरी सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यसबाट मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू लिन सकिने जनाइएको छ।

मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंकसहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ। बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने टेलिकमले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१४:००
  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # नमस्ते पे
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend