बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीवाईडीको एटो वानले पाएको छैन आयात अनुमति, प्रदर्शनी प्रयोजनमा ल्याएर एमआरपी घोषणा

२१ गते एमआरपी घोषणा, २७ गतेसम्म पाएको छैन अनुमति

मंगलबार, साउन २७ २०८२
बीवाईडीको एटो वानले पाएको छैन आयात अनुमति, प्रदर्शनी प्रयोजनमा ल्याएर एमआरपी घोषणा

प्रदर्शनी प्रयोजनका लागि गाडीको मूल्यबराबर रकम धरौटीमा राखेर आयात गर्न पाइन्छ। तर उक्त गाडीको मूल्य तोक्न वा बिक्री गर्न पाइँदैन।

काठमाडौं- बीवाईडीको नयाँ विद्युतीय कार 'एटो वान'ले आयात अनुमति पाएको छैन। आवश्यकताअनुसारको कागजात पेस गर्न नसकेपछि आयात अनुमति पाउन नसकेको हो। 

विश्व बजारमा बिक्री गर्न पठाइएको बीवाईडीको सिगल कार नेपाल ल्याउँदा स्पेसिफिकेसनमा छेडखानी गरेसँगै नाम एटो वान राखिएपछि साइमेक्सले आवश्यक कागजात पेस गर्न सकिरहेको छैन।

साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पोभन्दा अघि नै बीवाईडी एटो वानको आयात अनुमति मागेको थियो। तर आयातकर्ताले आवश्यक कागजात पेस गर्न नसकेपछि आयात अनुमति पाएको छैन।

यता साइमेक्सले भने नाइमा मोबिलिटी एक्स्पोकै दिन यही साउन २१ गते नै एटो वानको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर गाडी बुकिङ लिएको खुलेको छ। साउन २७ गते मंगलबारसम्म साइमेक्सले एटो वानको आयात अनुमति पाएर भन्सार कार्यालय पुग्न सकेको छैन।

साइमेक्सले आयात अनुमति नपाउँदै नेपाल भित्र्याएको बीवाईडीको एटो वान धरौटीमा छुटाएको हो। प्रदर्शनी प्रयोजनका लागि गाडीको मूल्यबराबर रकम धरौटीमा राखेर आयात गर्न पाइन्छ। तर उक्त गाडीको मूल्य तोक्न वा बिक्री गर्न पाइँदैन।

यसरी आयात गरिएका गाडी ६ महिनाभित्र जुन नाकाबाट नेपाल आयात भएको हो सोही नाकाबाट सम्बन्धित देशमा फिर्ता पठाउनुपर्ने कानूनी व्यवस्था रहेको छ। तर साइमेक्सले प्रदर्शनीका लागि धरौटीमा छुटाएको एटो वानको बिक्री मूल्य घोषणा गरेर नाइमा मोबिलिटी एक्स्पोमा धमाधम बुकिङ लिएको थियो।

त्यही साइमेक्स इंक जसले यातायात व्यवस्था विभागले सिलायन सेभेनको कागजात अध्यननको सयम नसकिँदै ‘चिनियाँ गाडीलाई मात्र आयात रोक्ने आशयले अवरोध गरिएको भन्दै चिनियाँ दूतावासलाई नै कुटनीतिक गुहार मागेको थियो।

जबरजस्ति १ सय किलोवाट मोटर पावरमा सिलायन सेभेन आयात गर्न अनुमति मागेपछि यातायात व्यवस्था विभागले त्यसलाई पुष्टि हुने थप कागजात पेस गर्न भनेपछि साइमेक्स इंककी प्रबन्ध निर्देशकले चिनियाँ दूतावासको आर्थिक तथा वाणिज्य शाखालाई सम्बोधन गरेर असार २० गते पत्र लेखेकी थिइन्। नाडा राजस्व समिति सभापति रहेकी उनले आफ्नो कम्पनीको स्वार्थका लागि संस्थाको लेटरहेडको दुरुपयोग गरेको विषय नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा पनि चर्कोरुपमा उठेको थियो। 

साइमेक्सले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि विभागले आफ्नो सवारी आयातको अनुमति नदिएको भन्दै निवेदन दिएको थियो। साइमेक्स इंक अहिले कानून र विधि पूरा गर्नेभन्दा दबाब र प्रभावमा काम गराउने चक्करमा छ। 

सरकारी तथा राजनीतिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर मातहकका निकायलाई काम गर्न दबाब सृजना गरिरहेको भन्सार सम्बद्ध एक अधिकारीले बताए।

‘कम मोटर पावरको कार ल्याउने अनि त्यसको पूरै परीक्षण कागजात माग्दा नदिने, कानूनले नै काम गर्न तोकेको समय नपुग्दै काम गरेन भनेर दूतावासदेखि मन्त्रालयसम्म धाउने प्रवृत्ति साइमेक्समा देखिएको छ,’ ती अधिकारीले भने, ‘त्यसकै उपज हो पछिल्लो पटक धरौटीमा छुटाएको गाडीको पूरा मूल्य सार्वजनिक गरेर हामीलाई कानूनले केही गर्न सक्दैन भन्ने उनीहरुले देखाउन खोजे।’ 

साइमेक्सले बीवाईडीका एटो वानको अनुमानित मूल्य नभइ बिक्री मूल्य नै घोषणा गरेको हो। एटो वान डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ साउन २१ गते नै तोकेको थियो। यसरी मूल्य घोषणा भएको कारले साउन २७ गतेसम्म नेपालमा बिक्रीका लागि आयात अनुमति नै पाएको छैन। 

उपभोक्ता झुक्याउन झुठो प्रचार

चीनसहित अन्य देशमा ७० किलोवाट पिक मोटर पावरमा बिक्री भइरहेको सिगललाई नेपालमा ४५ किलोवाटको मोटरमा ल्याइएको छ। नेपाल ल्याइएको एटो वानमा विदेशमा बिक्री हुने सिगलमा भन्दा फरक डाइमेन्सन रहेको छ। तर यही कारलाई साइमेक्स इंकले २०२५ को ‘कार अफ द इयर’ भनेर प्रचार गरेको छ। मोटर पावर कम बनाएकोदेखि गाडीको लम्बाइसमेत बढाएर नेपालमा ल्याउँदा एटो वान नामाकरण गरेर साइमेक्स इंकले उपभोक्तालाई सरासर झुक्याइरहेको छ। 

कार अफ द इयरको अवार्ड पाएको बीवाईडी सिगलको लम्बाइ ३७ सय ८० एमएम, चौडाइ १७ सय १५ एमएम, उचाइ १५ सय ४० एमएम र ह्वीलबेस २५ सय एमएम रहेको छ। तर नेपाल ल्याइएको एटो वानको लम्बाइ ३९ सय २५ एमएम, चौडाइ १७ सय २० एमएम र उचाइ १५ सय ७० एमएम र ह्वीलबेस २५ सय एमएम घोषणा गरिएको छ।

डाइमेन्सनमा यति ठूलो परिवर्तन गरेर ल्याइएको गाडीलाई साइमेक्सले सिगलको अवार्ड देखाएर उपभोक्तालाई गुमराहमा पार्न खोजेको प्रष्ट हुन्छ। 

चीनसहित विश्व बजारमा बिक्री भइरहेको सिगलको तुलनामा नेपालमा साइमेक्स इंकले ल्याएको एटो वानमा मोटर पावर कम गरिएकोदेखि गाडीको इन्टेरियर तथा विशेषताहरु नै डाउनसाइज गरेर ल्याइएको चर्चा ईभीमा चासो राख्नेहरूले सामाजिक सञ्जालमा पनि गरिरहेका छन्। 

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्डनेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड 

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँबीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेनसाइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्रसिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र आवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालयआवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालय


प्रकाशित : मंगलबार, साउन २७ २०८२१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend