बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतले दियो २०० मेगावाट थप विद्युत निर्यातको स्वीकृति, अब कुल १०५०.९ मेगावाट निर्यात गर्न पाइने

मंगलबार, साउन २७ २०८२
भारतले दियो २०० मेगावाट थप विद्युत निर्यातको स्वीकृति, अब कुल १०५०.९ मेगावाट निर्यात गर्न पाइने

आर्थिक वर्ष ८१/८२ मा विद्युत निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो।

काठमाडौं- भारत सरकारले नेपालका पाँच जलविद्युत आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत थप रूपमा खरिद गर्ने सहमति दिएको छ।

यसअघि भारतलाई अनुमति प्राप्त विद्युत निर्यात क्षमता ८१०.९ मेगावाट रहेकोमा यो सहमतिसँगै कुल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।

नेपालले बंगलादेशलाई समेत ४० मेगावाट विद्युत निर्यात स्वीकृति पाइसकेको छ भने यसरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।

यो स्वीकृति गत श्रावण २६ गते भारत सरकारले प्रदान गरेको हो र आगामी आर्थिक वर्ष २०८२ को असोज ११ गतेदेखि कात्तिक १५ गतेसम्म लागू रहने छ। स्वीकृत विद्युत लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला–ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत हो।

आर्थिक वर्ष ८१/८२ मा विद्युत निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो।

भारतबाट प्राप्त यस नयाँ स्वीकृति र आगामी थप अनुमति पाएसँगै चालु आवमा विद्युत निर्यातको आय दोब्बर हुने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, साउन २७ २०८२०८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend