बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाइमा मोबिलिटी एक्स्पोमा निसान लिफ, अर्भान, लिपमोटर बीटेन तथा टी-थ्री र सिट्रोनका कार ‘सोल्ड आउट’

सोमबार, साउन २६ २०८२
नाइमा मोबिलिटी एक्स्पोमा निसान लिफ, अर्भान, लिपमोटर बीटेन तथा टी-थ्री र सिट्रोनका कार ‘सोल्ड आउट’

नाइममा राखिएका निसानको लिफ ईभी, सिट्रोन सीथ्री, ईसीथ्री र लिपमोटर टी-थ्री कार सोल्ड आउट भएको हो। यसैगरी कमर्सियलतर्फ निसानको अर्भान माइक्रोबस सबै बिक्री भएको कम्पनीले जनाएको छ।

काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिएका विभिन्न पाँच ब्रान्डका सवारीसाधन सोल्ड आउट भएका छन्।

साउन २१ गतेदेखि सुरु भएर आज २६ गते सकिएको नाइमा मोबिलिटी एक्स्पोमा राखिएका गाडीमध्ये ४ वटा प्यासेन्जर र एउटा कमर्सियल सेग्मेन्टका गाडी सोल्ड आउट भएको कम्पनीले जनाएका छन्। 

नाइमामा राखिएका निसानको लिफ ईभी, सिट्रोन सीथ्री, ईसीथ्री र लिपमोटर टी-थ्री कार सोल्ड आउट भएको हो। यसैगरी कमर्सियलतर्फ निसानको अर्भान माइक्रोबस सबै बिक्रीइ भएको कम्पनीले जनाएको छ। 

सोल्ड आउट भएका यी कुनै पनि गाडी अब दसैँअघिसम्म डेलिभरी गर्न नसक्ने अवस्था रहेको बिक्रेताहरूको भनाइ छ। कम्पनीहरुले नाइमा मोबिलिटी एक्स्पोमा आकर्षक छुटसहितको अफर भएकाले सोल्ड आउट भएको हो। नाइमा मोबिलिटी एक्स्पोको पहिलो संस्करणमा ५० ब्रान्डका सवारी साधन प्रदर्शनीमा सहभागी थिए। 

नाइमामा निसान लिफमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट दिइएको थियो। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ नाइमामा ४४ लाख ९९ हजार रुपैयाँमै अफर गरेको थियो। त्यस्तै पायोनियरले अर्भान माइक्रोबसमा पनि उल्लेख्य छुट दिएको थियो।

यसैगरी लिप मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले टी थ्रीमा ६ लाख रुपैयाँ छुट दिएको थियो। कम्पनीले ३४ लाख रुपैयाँमा बेच्दै आएको टी थ्री नाइमामा २७ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएकाले उपभोक्ताहरु आकर्षित थिए। 

सांग्रिला मोटर्सले फ्रेन्च ब्रान्ड सिट्रोनको ई सी थ्रीमा साढे ६ लाख रुपैयाँ र साढे ३६ लाख रुपैयाँमा बिक्री गर्दै आएको सी थ्री नाइमामा २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएकाले छुट मूल्यमा कार किन्ने अवसर उपभोक्ताले उपयोग गरेका हुन्। 

उत्साहजनक सहभागितासहित सकियो पहिलो 'नाइमा मोबिलिटी एक्स्पो', १ लाख २ हजार ५ सयले गरे अवलोकन उत्साहजनक सहभागितासहित सकियो पहिलो 'नाइमा मोबिलिटी एक्स्पो', १ लाख २ हजार ५ सयले गरे अवलोकन


प्रकाशित : सोमबार, साउन २६ २०८२१९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend