बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उत्साहजनक सहभागितासहित सकियो पहिलो 'नाइमा मोबिलिटी एक्स्पो', १ लाख २ हजार ५ सयले गरे अवलोकन

सोमबार, साउन २६ २०८२
उत्साहजनक सहभागितासहित सकियो पहिलो 'नाइमा मोबिलिटी एक्स्पो', १ लाख २ हजार ५ सयले गरे अवलोकन

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्डको सहभागी रहे। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भए।

काठमाडौं- पहिलो संस्करणको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' उत्साहजनक सहभागितासहित समापन भएको छ। यही साउन २१ गतेदेखि सुरू भएको एक्स्पो आज २६ गतेसम्म चलेको हो।

साउन २१ गते बुधबारदेखि सुरू भएको नाइमा मोबिलिटी एक्स्पो २५ गते सकिनेगरी तय भएपनि उपभोक्ता र प्रदर्शकहरूको मागका कारण एक दिन समय थपिएको थियो। 

पहिलो संस्करणमै उपभोक्ताको राम्रो सहभागिता देखिएपछि आयोजक नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याचरर्स (नाइमा) उसाहित देखिएको छ। ६ दिनसम्म चलेको मोबिलिटी एक्स्पो १ लाख २ हजार ५ सय जनाले अवलोकन गरे।

गएको बुधबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोबिलिटी एक्स्पोको उद्घाटन गरेका थिए। नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्डको सहभागी रहे। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भए।

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी भएको नाइमाले जनाएको छ।

नाइमामा सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी कार ब्रान्ड प्रदर्शनमा राखिए।

दुई पांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो रहे।

यसैगरी कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ प्रदर्शनीमा रहेका थिए।

सवारी पारखीले रुचाइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो [तस्बिरहरू] सवारी पारखीले रुचाइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो [तस्बिरहरू] ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू] ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू]

पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो ‘कृत्रिम पुतली’ होइनन् उनीहरू, मेहनतको चमक छैन सहज ‘कृत्रिम पुतली’ होइनन् उनीहरू, मेहनतको चमक छैन सहज


प्रकाशित : सोमबार, साउन २६ २०८२१८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend