बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भदौ ३ गतेदेखि हुने 'नाडा अटो शो २०२५' प्रधानमन्त्रीले उद्घाटन गर्ने

सोमबार, साउन २६ २०८२
भदौ ३ गतेदेखि हुने 'नाडा अटो शो २०२५' प्रधानमन्त्रीले उद्घाटन गर्ने

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराएका थिए।

काठमाडौं- आगामी भदौ ३ गतेदेखि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले नाडा अटो शो आयोजना गर्दै छ। उक्त अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। 

आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डांैंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको हो। 

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराएका थिए। 

यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरु, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरु, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट र दिपलको यूएभी उड्ने कारजस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरु प्रदर्शनीको केन्द्र हुने जानकारी गराएका थिए। 

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ। यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन्।  

उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, साउन २६ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend