बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएपछि नाइमा मोबिलिटी एक्सपोको समय एक दिन थप

शनिबार, साउन २४ २०८२
अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएपछि नाइमा मोबिलिटी एक्सपोको समय एक दिन थप

अवलोकनकर्ताको उत्साहजनक सहभागिता र प्रदर्शनीकर्ताको मागका कारण एक दिन समय थप गरिएको नाइमाले जनाएको छ।

काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को अवधि एक दिन थप भएको छ। बुधबारदेखि सुरू भएर आइतबारसम्मलाई तय भएको मोबिलिटी एक्सपो एक दिन थपिएसँगै सोमबारसम्म हुने भएको हो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोबिलिटी एक्सपोको उद्घाटन गरेको मोबिलिटी एक्सपो साउन २१ गते बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। तीन दिनमा ४८ हजार ५ यसले नाइमा अवलोकन गरेको आयोजकले जनाएको छ।

अवलोकनकर्ताको उत्साहजनक सहभागिता र प्रदर्शनीकर्ताको मागका कारण एक दिन समय थप गरिएको नाइमाले जनाएको छ। आइतबारसम्मका लागि तय भएको नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शक र अवलोकनकर्ताको आवागनमलाई मध्यनजर गर्दै एक दिन समय थपिएको मोबिलिटी एक्सपो समिति सदस्य गौरव शारडाले जानकारी दिए।

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्सपोमा ५० ब्रान्ड सहभागी रहेका छन्। नाइमा मोबिलिटी एक्सपोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चार पांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

४८ वटा स्टल रहेको मोबिलिटी एक्सपोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुई पांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागि भएका छन्। नाइमामा सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडारजेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी कार ब्रान्ड छन्।

दुई पांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो छन्।
यसैगरी कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ प्रदर्शनीमा छन्।


प्रकाशित : शनिबार, साउन २४ २०८२१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend